आखिर दोषि को हो त ?

आखिर दोषि को हो त ?

प्रकाश सपुतको पछिल्लो  पटक बजारमा आएको गीत सक्नेले गर नसक्ने पर ले सायद धेरै नेपालीको मनको भाका बोलेको छ ।

राजनितीक स्थायित्व, विकास, संबृद्धि, रोजगारी प्रत्येक नेपालीको चाहना हो तर विडम्बना थुप्रै पटक राजनितीक परिवर्तन आए पनि जनताले महशुस गर्न पाएनन् । २००७ सालको परिवर्तन, ०४६ सालको बहुदलीय व्यबस्था, संसस्त्र जनयुद्धको अन्त्य, गणतन्त्रको स्थापना  सहित प्रत्येक नेपालीको सुखी र सम्पन्नताको सपनाले थुप्रै नेपालीले आप्नो ज्यानको बलिदानी दिए । संभवत २०६२/ ६३ को जनआन्दोलनमा स्वैच्छिक, नैतिक र भौतीक रुपमा सम्पूर्ण नागरिकले सहभागिता जनाए, राजतन्त्रको अन्त संगसंगै राजनितीक र प्रशासनिक रुपमा आमुल परिवर्तन आयो तर जनताले के पाए त ?  हो प्रश्न यहिनिर छ । के नेपाल सतिले सरापेको देश हो त ? होइन भने अब के गर्ने त ? हामी प्रत्येक नागरिकलाई आफ्नो भविष्य सुमधुर बनाउन र नेपाललाई संबृद्ध राष्ट्रको रुपमा चिनाउन मन छ । नेपालमा बस्ने नेपालीलाई मात्र होइन विदेशमा बस्ने एन आर एन लाई पनि नेपाल विकसित भएको हेर्न मन छ किनकि उनीहरुलाई सुखी जीवन संगसंगै इज्जत, सम्मान र राष्ट्रिय गौरवको खाँचो छ ।

अब गर्ने के त ? प्रत्येक नेपालीले अब प्रण गर्नुपर्ने बेला आइसकेको छ । म कसैको दास होइन, मेरो आफ्नो विवेक छ, गलत र सही छुट्याउन सक्छु । विवेकहिन, स्वार्थी नेताको भजन गाँउदिन । विद्रोह गर्छु । आफ्नो क्षणिक स्वार्थको लागि कुनै पनि गलत नेताको पछि लाग्दिन, भन्न सक्नु पर्दछ ।

युवाहरुलाई अनुरोध 

‘I hate Politics’ भन्ने वाक्य अधिकांश युवाहरुले बोल्ने वाक्य हो । यसो होइन युवाहरु अब ‘I love Politics but I hate selfish politicians‘ भन्नु पर्दछ । युवाहरु राजनितिमा सकेसम्म आफै सहभागी हनु पर्दछ होइन भने पनि राजनितिक विषयमा चासो राखेर अबको राजनिती तथा राजनितीज्ञहरुलाई सही बाटोमा ल्याउन विवेकको प्रयोग गर्नै पर्छ । होइन भने राजनितीक पार्टी र राजनितीज्ञहरुलाई गाली गर्ने अधिकार हामीसंग छैन । मैले हिजोका दिनमा कुनै राजनितीक पार्टीसंग आवद्ध भई नेतृत्वले गरेका हरेक निर्णयमा मौन भई गल्ती गरेकोले आत्मालोचना सहित आफूलाई स्वरोजगारमा आवद्ध गराई रहेको छु र अब स्वरोजगारलाई व्यबसायमा परिवर्तन गरी राजनितीमा लाग्ने प्रण गरिसकेको छु ।अनि अब सोच्ने पालो तपाँईहरुको । के हामी सधैं यी गैरजिम्मेवार, निकम्मा, नालायक, स्वार्थी गुट र नेताहरुको पछि लागि रहने कि हामी हाम्रो समाज, हाम्रो देश तथा भावी सन्ततीको लागि सुनौलो नेपाल बनाउन लागि पर्ने ? अब हामी जाग्नु पर्छ, ब्युझनु पर्छ, हामीले चाहे जस्तो देश बनाउन लागी पर्नु पर्दछ । जब सम्म प्रत्येक विवेकशिल नेपालीले आफ्नो देश र भावि पुस्ताको लागि सोच्दैनौं तब सम्म यस निहित स्वार्थपूर्ण राजनितीज्ञको दवदवाबाट उम्कीन सक्दैनौं । अब उठ्ने , जाग्ने बेला भइ सक्यो नत्र भने भोलीका दिनमा हामीले अझै ठुलो मुल्य चुकाउनु पर्नेछ ।

अहिलेको वास्तिविकता के हो त ?

नेपालको राजनिती मुलतः ४ वटा राजनितीक दलको वरिपरि केन्द्रित छ । हामीले एकपटक यी दलहरु तथा  यिनीहरुका मुख्य नेताहरु र उनीहरुले विगत र वर्तमानमा गरिरहेका गतिविधिहरुलाई शुक्ष्म ढंगले नियालौं र विश्लेषण गरौं । के उनीहरुले साच्चिकै देश र जनताको हीतलाई केन्द्रविन्दुमा राखेर कार्य गरे ? आफुले आफैलाई सोधौं मैले यिनीहरुलाई किन भोट हालिरहेको छु  र भोलीका दिनमा पनि किन भोट हाल्ने ? हामीले भन्ने गर्छौ आखिर जित्ने यिनीहरुनै हुन । हामी प्रत्येक सचेत नेपालीले अब त अति भो म यिनीहरुलाई भोट हाल्दिन तपाँइ पनि नहाल्नुस भन्न किन नसकेको त ? हो महत्वपूर्ण प्रश्न र रहस्य यहि त छ । हामीलाई कुनै न कुनै पार्टी वा नेता प्रति व्यक्तिगत आशा, भरोशा र स्वार्थ छ , हामी त्यो निहीत स्वार्थ भन्दा माथि उठ्न सक्दैनौ, चाहदैनौं र खोज्दैनौ पनि तर हाम्रो आत्माले हामीलाई बारम्बार धिक्कारी रहेको छ । अर्कोतिर यी राजनितीक पार्टीहरुले धेरै नेपालीहरुलाई विभिन्न संगठनका नाममा पद बाडेका छन् र दास बनाइ रहेका छन् ।

हाम्रो विवेक र स्वाभिमान माथि जहिले पनि दवदवा छ र हामी नै भन्ने गर्दछौं उनीहरुको यस्तो संगठन छ उनीहरु बाहेक कसले चुनाव जित्छ र ? हो यही मानसिकता कारण, उनीहरुले हामीहरुलाई दिने सस्तो भुल भुलैया, धार्मिक साम्प्रदायिक, तथाकथित राष्ट्रबादको नाराले गर्दा गलत मानिसहरुले हाम्रो नेतृत्व गरी रहेका छन् र देश र देशबासीहरु झ्नझन गरिबीको चंगुलमा फसिरहेको छन् । हामीहरुलाई कति सम्म मुर्ख बनाई राखेका छन् भने सांसद विकास अथवा अन्य योजनाका नाममा अहिलेका राजनितीकहरुले बजेट ल्याउछन् र भन्ने गर्दछन् मैले बजेट ल्याए, विकास गरे । कस्तो बिडम्बना उक्त विकाश बजेट हामीहरुले तिरेको पैसा हो कि उनीहरुको व्यबसायबाट आर्जन गरेर ल्याएको हो ? हो यो कुरा हामीले बुझ्नु पर्ने हो तर हामीहरु उनीहरु प्रति अनुग्रहित भएर धन्यवाद दिन्छौ र विकास प्रेमी नेता भन्दछौं । विडम्बना उक्त विनियोजित बजेटमा सम्बन्धित क्षेत्रको नेताको कमिसन छुट्याउन अनिवार्य नै मानिन्छ ।

हुनुपर्ने के हो त ?

  1. कुनै पनि सरकारी वेतन/तलब खाने पेशाकर्मीले राजनितीक पार्टिसंग कुनै पनि तरिकाले सहभागी र आवद्ध हुनुहुदैन । स्थायी सरकार र स्थायी संयन्त्र बनाउने, नियम कानुन बिधि प्रक्रिया बनाएर हरेक क्षेत्रलाई व्यबस्थीत र मर्यादित बनाउने जिम्मा हो । देशमा व्याप्त भ्रष्टाचार हटाउनु पर्छ, यसको लागि कर्मचारीहरुलाई जीविकोपार्जनको लागि आवश्यक पारिश्रमिक प्रदान गर्ने एउटा उपाय हो भनि भष्ट्राचार विरुद्धका कानुनहरुको प्रभावकारी कार्यान्वयन अर्को पाटो हो । केही सरकारी कार्यालयहरुमा जरा गाडेर बसेको भ्रष्ट्राचारतन्त्रले कर्मचारीको बदनाम गर्ने त छदैछ जसले गर्दा सर्वसाधारणले सहजै पाउनु पर्ने सेवा पनि प्राप्त गर्न पनि कठिन भईरहेको छ ।
  2. वर्तमान क्रियाशिल मूलतः ४ वटा राजनितीक पार्टीहरु जसले जनताको लागि राजनीति गरेनन् र उक्त पार्टीहरुमा आवद्ध युवाहरुले नेतृत्वले गरेका गलत कार्यहरुको आलोचना तथा खवरदारी गर्न सकेनन् , जसले गर्दा जहिले पनि गलत मानसिकता भएका मानिसहरुले नेतृत्व गरी राखेका छन् । त्यसले राज्यलाई सही मार्गमा डोर्याउन सक्दैन् । युवाहरुले जबसम्म राजनितीमा चासो राख्दैनन् र राजनितीक पार्टीमा हस्तक्षेपकारी भूमिका खेल्दैनन् तबसम्म नेपालको राजनिती सही ट्र्याकमा जान सक्दैन । तसर्थ नेपाल तथा नेपाली जनताको हीतलाई केन्द्रविन्दुमा राखेर राजनितीमा होमीएका युवावर्गलाई नेपालको राजनितीको नेतृत्व हस्तानन्तरण गर्नुपर्छ । तसर्थ युवावर्गहरुको नयाँ तथा सकारात्मक सोचका साथै व्यबसायिक तथा उद्यमशील चरित्रले मात्र संवृद्ध नेपालको निर्माण हुन सक्छ । 

-दीपक राज जोशी

शिक्षाकर्मी

 

Keep reading

Latest Writing

Articles

जेन–जीले बीजारोपण गरेको नयाँ बाटो

“जेन-जी आन्दोलनले बीजारोपण गरेको नयाँ बाटो” माइतीघरबाट सिंहदरबारतर्फ लागेको एउटा जुलुसले दुई दिनमै दशकौंदेखिको सत्ता–संरचना हल्लाइदियो। न कुनै झन्डा, न कुनै नेता — तर परिणाम राजनीतिको इतिहासमा अभूतपूर्व रह्यो। यो त्यही आन्दोलनको…

Read the essay
Articles

बालबालिकामा किन जाँदैन पढ्ने रुचि?

बालबालिकामा किन जाँदैन पढ्ने रुचि? हामीलाई कुनै खाना मन परेन भने स्वादिलो बनाउन विभिन्न परिकार थप्छौँ वा भोक जगाउने गरी पस्किन्छौँ। मिठा परिकार पाइने ठाउँ खोजी-खोजी पुग्छौँ। अभिभावकको यस्तै सक्रियताले बालबालिकामा पनि…

Read the essay
Articles

पढ्ने बानी कसरी फर्काउने?

पढ्ने बानी कसरी फर्काउने? सहरको कुनै पनि चिया पसलमा पस्नुहोस् र वरिपरि नियाल्नुहोस्। हरेक टेबलमा मान्छे छन्, तर हातमा किताब भएको एउटै जना भेटिन्न। सबैका आँखा मोबाइलको स्क्रिनमा टाँसिएका छन्, औँला निरन्तर…

Read the essay