जब मैले बुकल्यान्डका प्रबन्धक सुदेश दोटेलले विद्यालय र अभिभावकको साझा प्रयासबाट विद्यार्थीहरूले ४० वटासम्म पाठ्यपुस्तकबाहेकका पुस्तक पढेको प्रेरणादायी कथा सुनें, म छक्क परें। तर जब मैले यो आफैँ विद्यालयको नेतृत्वकर्ता र अभिभावकका रूपमा अनुभव गरें — मेरो छोराले २०८२ सालमा कक्षा ६ पढ्दै एक वर्षमा ६० पुस्तक पढेको देख्दा — मलाई आफैँलाई विश्वास गर्न गाह्रो भयो।
यात्रामा हुँदा वा विमानस्थलमा पर्खँदै गर्दा उनले आफ्ना मनपर्ने लेखकका पुस्तक खोजेर पढ्दा पाउने आनन्द साँच्चै फरक छ। तर निरन्तर भौतिक पुस्तक किन्दा आर्थिक भार पर्न थालेपछि अब उनलाई ‘किन्डल’ किनेर डिजिटल पढाइमा प्रोत्साहित गर्ने समय आएको छ।